PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

सुशान्त सिंह राजपूतको मृत्युसँग जोड्दै फिल्म ‘राधे’ लाई बहिस्कार गर्न माग



पहिलोपोस्ट

सुशान्त सिंह राजपूतको मृत्युसँग जोड्दै फिल्म ‘राधे’ लाई बहिस्कार गर्न माग

सलमान खानको ‘राधे : योर मोस्ट वान्टेड भाइ’ रिलिज भइसकेको छ। इदको अवसरमा हल तथा विभिन्न डिजिटल प्लेटफर्ममा फिल्मलाई रिलिज गरिएको हो।

एक्सन र रोमान्स भरिएको फिल्म ‘राधे’ले अहिले चर्चा पाइरहेको छ। तर, कतिपय भारतीय दर्शकहरुले फिल्मलाई बहिस्कार गर्न माग समेत गरिरहेका छन्।

भारतमा ट्विटर प्रयोगकर्ताले यसलाई बहिस्कार सुरु गरेको ह्यासट्याग ‘बाइकट राधे’ अहिले ट्रेन्डिङमा परेको छ।

सुशान्त सिंह राजपूतको मृत्यु भएपछि उनका फ्यानहरू धेरै बलिउड कलाकारहरुसँग क्रोधित भएका छन्। तीमध्ये एक हुन् सलमान खान। राजपूतको मृत्युसँग सलमानलाई जोड्दै यो फिल्म बहिस्कारको माग गरिएको छ।

तीन हप्ता अघि पनि फिल्मको ट्रेलर रिलीज हुँदा ट्विटरमा ‘राधे’को बहिष्कारको माग उठेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell