PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १४ जनामा कोभिड संक्रमण पाइएको जनाएको छ। यो संक्रमणदर ३४ दशमलव ७७ प्रतिशत हो।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ। योसँगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ।

संक्रमितमध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी १ सय ६५ जना रहेका छन्। अहिलेसम्म सबैभन्दा बढी संक्रमित देखिँदै आएको बुटवल उपमहानगरपालिकामा भने तुलनात्मक रुपमा संक्रमितको संख्या धेरै कम भएको छ। बुटवलमा ६३ जना महिला र ९१ जना पुरुष गरी १ सय ५४ जना संक्रमित देखिएका छन्।

सिद्धार्थनगर नगरपालिकामा १७ महिला र २८ पुरुष गरी ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरी ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरी २६ जना रहेका छन्। यस्तै, सैनामैना गाउँपालिकामा १५ महिला र १५ पुरुष गरी ३० जना संक्रमित भएका छन्।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरी १० जना, कन्चन गाउँपालिकामा ९ महिला र ७ पुरुष गरी १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। यसैगरि मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य देखिएको छ। जिल्लाको गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा संक्रमितको संख्या शून्य देखिएको हो।

रुपन्देहीमा संक्रमणका कारण मृत्यु हुने २ प्रतिशत रहेका छन्। अहिले जिल्लामा ३३ प्रतिशत सक्रिय संक्रमित र ६५ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ। जिल्लामा अहिले सक्रिय संक्रमितमध्ये ३ सय ४२ जना लक्षण सहितका संक्रमित रहेको र उनीहरुको विभिन्न पालिकामा रहेका आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ। यस्तै अन्य ७ हजार ६६ जना होम आइसोलेसनमा बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell