PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी छ : रामचन्द्र पौडेल



पहिलोपोस्ट

अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटो अघि बढेको र सयौ संशयहरु उब्जाएको बताए। उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे।

उनले भने, ‘पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ। त्यो कुरा कसरी समाधान हुन्छ? संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन? संविधानले बाँच्न पाउँछ कि पाउँदैन? जनताले बाँच्न पाउँछ कि पाउँदैन? यस्तो कोरोना छ। यो कोरोनाको बिचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ। त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell