PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भोलि सांकेतिक रुपमा रातो मछिन्द्रनाथको रथयात्रा, रथ भएको स्थान वरिपरि ५ जनाभन्दा बढी भेला हुन निषेध



भोलि सांकेतिक रुपमा रातो मछिन्द्रनाथको रथयात्रा, रथ भएको स्थान वरिपरि ५ जनाभन्दा बढी भेला हुन निषेध
FILE PHOTO

ललितपुर : जेठ १ गते बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ यात्रालाई मध्यनजर गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले रथ रहेको स्थान वरिपरि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाएको छ।  

कोरोना संक्रमण फैलिरहेको र निषेधाज्ञा जारी रहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरि सांकेतिक रुपमा हुन लागेको रथयात्रालाई मध्यनजर गर्दै मछिन्द्रनाथ र मिननाथको रथ रहेको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा समेत गरिएको छ।

रातो मछिन्द्रनाथको रथ रहने मदन स्मारक स्कूल, वारुण यन्त्र रहेको स्थान, सेन्ट जेभियर्स स्कुल र लबिम मलको पश्चिमपट्टीको सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। यस्तै, मीननाथको रथ रहने गणेस्थान मन्दिर, त: बहा: चोक, ईति चोक, टंगल र चक्रबहिली गल्लीसम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।

यसअघि खल: पुच: हरुको संयुक्त बैठकले गत वर्ष झै पुल्चोकमा हाल रथ रहेको स्थानबाट मण्डफल्चा (सोह्रखुट्टे पाटी) सम्म सांकेतिक रुपमा रथ तानेर यसपटकको रथयात्रा टुंग्याउने निर्माण गरेका थिए।

गत वर्ष लकडाउनको समयमा महिनौंसम्म रथयात्रा नहुँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो। त्यसपछि नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो। यसपटक पनि पहिला झै पाटीसम्म तानेर रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिनेछ।

सम्बन्धित समाचार : नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो

जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको संयुक्त बैठकमा कोरोनाको अवस्थालाई मध्यनजर गर्दै गत वर्ष झै रथ यात्रा गर्ने सहमति भएको थियो। रथ तान्नेहरुकोको पीसीआर परीक्षण गरिनुका साथै स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ। साथै रथयात्राको क्रममा ललितपुर प्रवेश गर्ने सबै नाका बन्द गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell