PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल



पहिलोपोस्ट

कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल

जनकपुरधाम : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै आजदेखि सिल गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले जानकारी दिए।

बिहीवार मात्रै उक्त नगरपालिकामा ४८ जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको थियो।

कञ्चनरुप नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ सय २५ पुुगेको छ। संक्रमितमध्ये सबैभन्दा बढी वडा नम्बर ८ मा ७५ जना रहेको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell