PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वीरगंजका चार अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजका चार अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजका चार अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा पर्साका ३८ देखि ८० वर्ष उमेर समूहको ६ जना पुरुष रहेका हुन्। जसमा वीरगंज महानगरका ४ जना, सुखवा प्रसौनी र जगरनाथपुर गाउँपालिकाका १/१ जना रहेका छन्।

नारायणी अस्पतालमा ३ जनाको, प्रभु, स्पर्श र नेसनलमा १/१ जनाको मृत्यु भएको जनाइएको छ। प्रभु अस्पताल पानीटंकीमा वीरगंज-१० का ४८ वर्षीय पुरुषको शुक्रवार बिहान साढे १० बजे मृत्यु भएको छ। २८ गते अस्पताल भर्ना भएका उनको एन्टिजिन परीक्षण गर्दा सोही दिन पोजेटिभ देखिएका थिए।

त्यसैगरी, गण्डक बहुअरीमा रहेको स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा वीरगंज-१३ नयाँ टोल मुर्लीका ६८ वर्षीय वृद्धको शुक्रवार बिहान सवा ११ बजे उपचारको क्रममा मृत्यु भएको छ। उनी ३० गते अस्पताल भर्ना भई सोही दिन एन्टिजिन विधिबाट कोरोना संक्रमण पुष्टि भएका थिए।

त्यसैगरी, नेसनल मेडिकल कलेजको बाबा होटलमा सञ्चालित कोभिड अस्पतालमा पर्साको जगरनाथपुर गाउँपालिका-५ का ८० वर्षीय वृद्धको बिहीवार बिहान ८ बजे मृत्यु भएको खवर शुक्रवार मात्रै प्राप्त भएको छ। बैशाख २० गते पीसीआर विधिबाट संक्रमण पुष्टि भएका उनी भई सोही दिन अस्पताल भर्ना भएको थिए।

त्यसैगरी, नारायणी अस्पतालमा वीरगंज-१५ का ५९ वर्षीय पुरुषको गएराति साढे ७ बजे मृत्यु भएको थियो। २७ गते पीसीआर पोजेटिभ देखिएका उनी ३० गते नै अस्प्ताल भर्ना भएका थिए।

त्यस्तै, नारायणीमा वीरगंज-१६ का ६५ वर्षीय वृद्धको शुक्रवार दिउँसो २ बजे र सुखवा प्रसौनी गाउँपालिकाका ३८ वर्षीय पुरुषको बिहीवार दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

केही मृत्युको रिपोर्टिङ प्रशासनलाई ढिलो प्राप्त भएकोले सञ्चार माध्यमलाई ढिलो गरी तथ्यांक सार्वजनिक भइरहेको अधिकारीहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell