PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नारायणी अस्पतालमा १० मिनेटको अन्तरालमा दुई कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

नारायणी अस्पतालमा १० मिनेटको अन्तरालमा दुई कोरोना संक्रमितको मृत्यु

वीरगंज : नारायणी अस्पताल वीरगंजमा १० मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराकी एक महिला र रौतहटका एक पुरुष रहेका छन्।

एक जनाको राति ८ बजे र अर्कोको ८ बजेर १० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी दिए। रौतहटको गढिमाई-५ का ४८ वर्षीय पुरुषको राति ८ बजे मृत्यु भएको १० मिनेटपछि बाराको कलैया-१७ ब्रहमपुरीकी ३४ वर्षीया महिलाको मृत्यु भएको उनले बताए।

दुवै जनामा कोभिड निमोनियाका कारण फोक्सोले काम गर्न नसकेर श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको हो। रौतहटका संक्रमितको २५ गते एन्टिजिन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए भने कलैयाकी संक्रमितलाई बैशाख २७ गते अस्पताल भर्ना गरी २९ गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell