PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एमाले नेताहरुबीचको वार्ता : २०७५ जेठ २ मा फर्कने, कार्यदलको जिम्मा ओली-नेपाललाई



पहिलोपोस्ट

एमाले नेताहरुबीचको वार्ता : २०७५ जेठ २ मा फर्कने, कार्यदलको जिम्मा ओली-नेपाललाई

काठमाडौं : नेकपा एमालेका नेताहरुबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेताहरुले दावी गरेका छन्। वार्ता निष्कर्शमा भने नपुगेको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

सिंहदरवारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच वार्ता भएको थियो। उक्त वार्तामा कार्यदलबारे टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिने सहमति भएको छ।

नेम्वाङका अनुसार २०७५ जेठ २ गते अघिको नेकपा एमाले र माओवादी केन्द्र एकता अघिको अवस्थामा फर्कने पनि निर्णय भएको नेम्वाङको भनाइ छ।

‘२०७५ जेठ २ मा फर्कने सहमति भएको छ,’ उनले भने।

नेपाल समूहका नेता भीम रावलले वार्ता सकारात्मक भएको र कार्यदलबाट सहमति खोजिने जानकारी दिए। यस्तै, नेपाल समूहकै अर्का नेता रघुजी पन्तले सौहार्दपूर्ण वार्ता भएको बताएका छन्।

‘सौहार्दपूर्ण वातावरणमा छलफल भयो। पार्टीलाई एक बनाउने विषयमा वार्ता भयो। कार्यदल गठन गर्ने र सहमति खोज्ने कुरा भएको छ,’ उनले भने।

कार्यदलबारे टुंगो लगाउन भोलि फेरी ओली-नेपालबीच वार्ता गर्ने पनि सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell