PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रिय फुटबल टोलीको तयारी यसरी चल्दैछ सातदोबाटोमा, प्रशिक्षक भन्छन्: साफ र एसियन कप क्वालिफायर्स हाम्रो लक्ष्य

राष्ट्रिय फुटबल टोलीको तयारी यसरी चल्दैछ सातदोबाटोमा, प्रशिक्षक भन्छन्: साफ र एसियन कप क्वालिफायर्स हाम्रो लक्ष्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) कोरोना महामारीका बीच जारी नेपालको एकमात्र प्रतियोगिता बनेको छ। आज एनएसएलको पनि फाइनल खेल हुँदैछ, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा। सुपर लिगले फुटबलमा माहोल बनाउँदै गर्दा अर्कोतर्फ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केही दिनयता राष्ट्रिय टोलीको अभ्यास चलिरहेको छ।

अघिल्लो महिना घरेलु मैदानमा नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचाल्दै सनसनी मच्चाएको नेपालले अब विश्वकप छनोट अन्तर्गतका बाँकी खेल खेल्न तयारी सुरु गर्दैछ। त्यो भन्दाअघि मैत्रीपूर्ण खेल पनि खेल्नैछ नेपालले। फिफा वरीयतामा आफूभन्दा १०३ स्थानमाथि रहेको इराकसँग मे २९ (जेठ २५) मा वार्सा इन्टरनेसनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ।

त्यसमा पनि यसपटक नेपाली टोलीलाई पहिलो पटक प्रशिक्षक दिँदैछन् कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। थ्री नेसन्स कपपछि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनको नेतृत्वमा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। त्यसैले पनि मैदानमा खेलाडी प्रशिक्षणमा ब्यस्त छन्। एनएसएलबाट बाहिरिएका टोलीका खेलाडीहरुलाई समेट्दै एन्फा कम्प्लेक्समा अभ्यास सुरु भएको हो।

खेलाडीको तेस्रो दिनको प्रशिक्षण पछि अलमुताइरीले खेलाडीहरुले मैदानमा राम्रो गरिरहेको भन्दै आफूले अध्ययन गरिरहेको बताए। एनएसएलकै क्रममा पनि उनले लिगमा नयाँ खेलाडीहरुले सम्भावना देखाएको भन्दै धेरै नयाँ अनुहारहरु राष्ट्रिय टोलीमा देखिनसक्ने उनले प्रतिकृया दिएका थिए।

‘उनीहरुले फिल्डमा राम्रो गरिरहेका छन्, मलाई लाग्छ उनीहरुलाई अझ समय लाग्छ,’ प्रशिक्षक अलमुताइरीले भने। खेलाडीहरुले अहिले एनएसएलपछि थाकेर आएकाले रिकभरीमा काम गरिरहेको बताए।

उनका अनुसार राष्ट्रिय टोलीको ट्रेनिङ अहिले दुई सेसनमा चलिरहेको छ, बिहान फिजिकल र टेक्निकल अभ्यास भइरहेको छ भने खेलको ट्याक्टिस र टिम पोजिसनमा अभ्यास भइरहेको छ। अलमुताइरी भन्छन्, ‘साफ कप र एसियन कप क्वालिफायर्स हाम्रो लक्ष्य हो।’



ट्रेन्डिङ पोस्ट

Ncell