PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

टोरेसको ह्याट्रिकमा म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

टोरेसको ह्याट्रिकमा म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि रोमाञ्जक जित निकालेको छ। सेन्ट जेम्स पार्कममा सम्पन्न खेलमा सिटीले घरेलु टोली न्यु क्यासलमाथि ३-४ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। खेलमा दुई पटक पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। सिटीको जितमा फेरान टोरेसले ह्याट्रिक गरे।

खेलको २५ औं मिनेटमा इमिल क्राफ्तको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। उता सिटीका जोआओ क्यान्सेलोले ३९ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ४२ औं मिनेटमा सिटीका टोरेसले अर्को गोल थप्दा न्यु क्यासलका जोइलिन्टनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। र, पहिलो हाफ २-२ को बराबरीमा रोकियो।

दोस्रो हाफमा न्युक्यासलले फेरि अग्रता बनायो। जो विलकको गोलमा ६२ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाए पनि त्यसको दुई मिनेट नबित्दै सिटीका टोरेसले गोल फर्काएर खेल बराबरीमा ल्याए। फेरि त्यसको दुई मिनेटमा उनले नै अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे। र, सिटीले न्युक्यासलमाथि ४-३ को रोमाञ्चक जित हात पार्‍यो।

जितसँगै सिटीले ३६ खेलबाट ८३ अंक जोडेको छ। लिगको उपाधि सिटीले यसअघि नै सुरक्षित गरिसकेको छ। उता न्युक्यासलले ३६ खेलबाट ३९ अंक जोड्दै तालिकाको तालिककाको १६ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell