PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आफैंले बोकेको बन्दुक पड्किँदा एक युवक घाइते



पहिलोपोस्ट

आफैंले बोकेको बन्दुक पड्किँदा एक युवक घाइते

काठमाडौंः आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना युवक घाइते भएका छन्।

मकवानपुर बकैया गाउँपालिका बस्ने २२ वर्षीय जीवन घिसिङ घाइते भएका हुन्। उनी नजिकै रहेको सृजना सामुदायिक बनमा शिकार खेल्न भन्दै बन्दुक लिएर गएका थिए। त्यतिकैमा बन्दुक पड्किँदा दाहीने कोखामा गोली लागि घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते घिसिङको चितवन स्थित मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनास्थलबाट अबैधरुपमा राखिएको भरुवा बन्दुक समेत बरामत गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell