PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोरोना संक्रमित मिर्गौला पीडितहरुलाई प्रदेश २ मा डायलासिसको समस्या, 'अस्पतालले हप्काएर भगाउँछ'



राधेश्याम पटेल

कोरोना संक्रमित मिर्गौला पीडितहरुलाई प्रदेश २ मा डायलासिसको समस्या, 'अस्पतालले हप्काएर भगाउँछ'

वीरगंज : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै देशभर संक्रमण फैलिएको छ। काठमाडौं उपत्यकापछि प्रदेश २ मा संक्रमणको गति तीब्र रुपमा फैलिरहेको छ।

यस संकटको बेला मिर्गौला पीडित बिरामीहरुलाई समस्या झनै बढेको छ।

शुक्रवार कमेडियन आर्दश मिश्राले आफ्नो बुवाले डायलासिस सेवा नपाएको समस्या बारे समाजिक संजालमा भिडियो अपलोड गरेका थिए। उनले त्यसमा प्रदेश २ मा मिर्गौला पीडितहरुको बेहाल अवस्था बारे सुनाएका थिए।

उनले आफनो बुवा मिर्गौला पीडित भएको र कोरोना संक्रमित भएपछि निकै दु:ख भोगेको भन्दै भनेका छन्, ‘मलाई बडो अच्चम लागेको छ। प्रदेश २ मा कतै कोरोना भएका मिर्गौला पीडितको लागि डायलासिस सेवा उपलब्ध छैन।’

 भिडियोमा राज्य र मिडियाप्रति आक्रोश पोख्दै उनले थप भने,‘कहाँ छ अस्पताल,नेताहरु के गर्दैछन्,मिडिया के गर्दैछ।’

उनले आफ्नो बुवालाई डायलासिस गर्न नेशनल मेडिकल कलेजमा लगेको तर पीसीआर परिक्षणको रिपोर्ट ल्याए मात्र डायलासिस गर्ने भनेर हप्काएर अस्पतालबाट निकालेको बताएका छन्। त्यसपछि जसोतसो नारायणीमा पहुँच लगाएर बुवाको डायलासिस गरिएको उनले बताएका छन्। तर, अगामी दिनमा कसरी डायलासिस गर्ने हो उक्त परिवार चिन्तामा छन्।

प्रदेश २ का ५ जनाका परिवारका सदस्यहरुसँग पनि उनको सवाद हुने गरेको र उनीहरुले पनि यस्तै समस्या समाना गरिरहेको उनको भनाई छ।

नारायणीमा कोरोना संक्रमित मिर्गौला पीडितको लागि डायलासिस गर्ने स्थानीय प्रशासनले व्यवस्था मिलाएको छ। तर, त्यहाँ एक मात्र प्राविधिक र एउटा मेसिन मात्र संचालनमा रहेकोले पनि मिर्गौला पीडितलाई कोरोना लागेपछि डायलासिस गर्न समस्या भइरहेको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा. सरोजरोशन दास स्वीकार गर्छन्।

‘दुई वटा मेसिन मध्ये एउटा बिग्रिएको छ। दिनमा ४-५ जनाको मुस्किलले डायलासिस हुन्छ,’उनले भने,‘तर कोही संक्रमित भएर आयो भने क्यूमा राखेर डायलासिस सेवा दिने गरेका छौं।'

वीरगंजमा अरु कहाँ कहाँ हुन्छ नन-कोभिडको डायलासिस

वीरगंजका दुई वटा अस्पतालमा नन कोभिड मिर्गौला पीडितहरुको डायलासिस सेवा हुने गरेको छ। नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र वीरगंज हेल्थकेयरमा प्रदेश २ का विभिन्न जिल्लाका बिरामीहरुको लागि डायलासिस गर्ने स्थानीय प्रशासनले निर्णय गरेको छ। जसमा पर्सा,बारा,रौतहट,सर्लाही सम्मका मिर्गौला पीडितले क्यूमा बसेर डायलासिस गराउने गरेका छन्।

डायलासिसका लागि नेशनलमा ११ वटा मेसिन संचालनमा छन्। बिहान ७ बजेदेखि राति ११ बजे सम्म दैनिक ३० देखि ३५ जना मिर्गौला पीडितहरुको डायलासिस सेवा दिइरहेको नेसनल मेडिकलका मेडिकल निर्देशक डा. प्रमोद सरार्फ बताउँछन्। उनका अनुसार कोरोना संक्रमण नफैलियोस भनेर शंकास्पद बिरामीलाई पिसिआर परिक्षणपछि मात्र बैशाखदेखि डायलासिस भइरहेको बताए।

उनले हाल नेशनल मेडिकल कलेजको सम्पर्कमा ११० जना मिर्गौला पीडित रहेकोमा ४६ जना मिर्गौला पीडितहरु क्यूमा रहेको जानकारी दिए। उनका अनुसार जनशक्ति र मेशिनको अभावमा सबै मिर्गौला पीडितले सहज डायलासिस सेवा पाउन सकेका छैनन्। सरकारले नेशनलमा डायलासिस गराउने बिरामीका लागि एकपटकको २५ सय रुपैयाँ दिने गरेको छ।

यसैगरि, वीरगंज हेल्थ हेल्थ केयर अस्पतालमा ५ वटा मेशिनबाट डायलासिस सेवा जारी छ। त्यहाँ दैनिक १० जना मिर्गौला पीडितको डायलासिस हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell