PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

पोखराको हेमजा याम्दी पुल मुनि दुई शिशुको भ्रुण फेला



रिना थापा

पोखराको हेमजा याम्दी पुल मुनि दुई शिशुको भ्रुण फेला

पोखरा : पोखराको हेमजा याम्दीपुल मुनि दुई शिशुको भ्रुण फेला परेको छ। शुक्रबार बिहान पुलमुनी माछा मार्ने क्रममा स्थानियले देखेका थिए।

खोला नजिकै गएर हेर्दा पहिला एउटा शिशुको भ्रुण देखिएको थियो। पहिलो भ्रुण भेटिएको स्थान वरपर हेर्दा पुनः अर्को भ्रुण भेटिएको हो।

शुक्रबार बिहानै वेवारिसे अवस्थामा भ्रुण फेला परेपनि शनिबार अपराह्नसम्म प्रहरी भने बेखबर छ। शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाललाई यसबारे बुझदा उनले आफूहरु जानकार नभएको बताए।

‘हामीलाई खबर आएको छैन,’हमालले भने ।

स्थानीयले उक्त भ्रुण बिहीबार राती कसैले ल्याएर फालेको हुनसक्ने बताएका छन्।

‘भ्रुणमा रगत ताजै थियो। हस्पिटलको झोलापनि नयाँ छ। त्यसैले एकदिन अगाडि मात्र ल्याएर फालेको हुनसक्छ,’ एक स्थानीयले भने।  स्थानियले भेटिएको भ्रुण साढे ४ देखि ५ महिनाको रहेको अनुमान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell