PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हेटौँडामा २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो



पहिलोपोस्ट

हेटौँडामा २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

हेटौँडा : पछिल्लो २४ घण्टामा हेटौँडामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का ३ जना र वडा नम्बर ४ का १ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

जसमा हेटौँडा-५ का ५९ वर्षीय पुरुष, ४६ वर्षीय पुरुष र ७७ वर्षीया महिला रहेका छन्। यसैगरि हेटौँडा-४ का ७५ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको हो।

संक्रमित ४ जनाकै उपचारको क्रममा हेटौँडा अस्पतालको कोभिड कक्षमा ज्यान गएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ। योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell