PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

एनएसएलको च्याम्पियन बनेपछि कप्तान कुथुको प्रतिकृया : नो वर्डस्, खुशीको सीमा नै छैन



पहिलोपोस्ट

एनएसएलको च्याम्पियन बनेपछि कप्तान कुथुको प्रतिकृया : नो वर्डस्, खुशीको सीमा नै छैन

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै काठमाडौंका कप्तान विकेश कुथुले आफ्नो खुशीको सीमा नै नभएको भन्दै आफू निशब्द भएको प्रतिकृया दिए।

‘नो वर्ड्स। कुनै सीमा नै छैन खुशीको, पहिलो एनएसएलमा कप्तानी गर्दै ट्रफी उचाल्न पाउँदा एकदमै खुशी छु’, कुथुले पोस्टम्याच प्रेजेन्टेसन्मा भने, ‘टिमको युनिटीले गर्दा नै हामीले यो ट्रफी उचाल्न सकेका हौँ।’

उनले आफ्नो टिमको महत्वपूर्ण पक्ष स्कोरिङ भएको भन्दै आफ्नो स्ट्राइकरहरुमा पूर्ण विश्वास भएको बताए।

‘बेस्ट पार्ट भनेको हाम्रो स्कोरीङमा नै थियो। मेसुकी छ, बिनोङ छ, हामीलाई उनीहरुले गोल हान्छ भन्ने पूर्ण विश्वास थियो,’ कुथुले भने।

त्यस्तै, अघिल्लो महिना थ्री नेशन्स कपमा नेपाललाई च्याम्पियन बनाएका प्रशिक्षक तथा एनएसएलको च्याम्पियन टोली काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुको एफोर्ट र डेडिकेसनको फल यो उपाधि भएको बताए।

‘महत्वपूर्ण कुरा डेडिकेसन् नै हो। एफोर्ट नै हो। त्यसमा ह्याण्डल गर्नुपर्ने, ट्याकल गर्न सक्नुपर्ने हो। त्यसमा खेलाडीलाई मोटिभेसन र ट्रेनिङ देखि लिएर हरेक कुरामा ध्यान दिनुपर्छ त्यसैको फल जस्तो लाग्छ’, प्रशिक्षक महर्जनले खेलपछि प्रेजेन्टेसनमा भने, ‘दिनैपछि ट्रेनिङबाट सुधार गर्दै ल्याउने हो। विस्तारै टिम सेट हुँदै गयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell