PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

चेल्सीलाई हराउँदै लेस्टर सिटी च्याम्पियन



पहिलोपोस्ट

चेल्सीलाई हराउँदै लेस्टर सिटी च्याम्पियन

लेस्टर सिटीले गएराति सम्पन्न एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै च्याम्पियन बनेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा चेल्सीलाई १-० को गोलअन्तरले हराउँदै लेस्टरले पहिलो पटक एफएकपको उपाधि उचालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लेस्टरलाई जित दिलाउन बेल्जियन खेलाडी योउरी टाइलेमन्सले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए।

वेम्बली स्टेडियममा २१ हजार दर्शकका बीच फाइनल खेल सम्पन्न भएको थियो। पाँच पटक एफए कपकपको फाइनलमा पुगेको लेस्टरले पाँचौं प्रयासमा उपाधि जितेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell