PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नारायणी अस्पतालमा १२ घण्टाको अवधिमा ५ जना संक्रमितको मृत्यु



राधेश्याम पटेल

नारायणी अस्पतालमा १२ घण्टाको अवधिमा ५ जना संक्रमितको मृत्यु

वीरगंज : नारायणी अस्पताल वीरगंजमा पछिल्लो १२ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। जसमा बाराका ४ जना र एक जना सर्लाहीका संक्रमित रहेका छन्। उनीहरुमध्ये ३ जना पुरुष र दुई जना महिला रहेका छन्।

कोभिड–१९ निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा.सरोजरोशन दासले बताए। सर्लाही, फरहदवा–५ की ४७ वर्षीया महिलाको आइतवार बिहान साढे ५ बजे मृत्यु भएको हो। त्यसैगरी, बारा,कलैया–२५ सिसहनियाकी ३८ वर्षीया महिलाको आइतवार बिहान ४ बजेर १० मिनेटमा मृत्यु भयो। बारा, स्वर्ण गापा– २ का ६० वर्षीय वद्धको आइतवार बिहान सवा २ बजे मृत्यु भएको थियो। त्यस्तै बारा, प्रसौनी गापा - ५ का ४६ वर्षीय महिलाको गएराति पौने ११ बजे मृत्यु भएको थिाये। यता बारा निजगढ नपा–७ का ४३ वर्षीय पुरुषको शनिवार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell