काठमाडौं : बरिष्ठ चिकित्सक डाक्टर इश्वरीलाल आचार्य (आइएल आचार्य)को मृत्यु भएको छ। दुई साता अघिदेखि उपचाररत डाक्टर आचार्यको आज स्टार हस्पिटल सानेपामा निधन भएको हो।
दुई साता अघि उनको निदान अस्पतालमा उपचार सुरु गरिएको थियो। कोभिड १९ संक्रमण भएको देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो।
तीन दिन अघि कोरोना भाइरसको परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएको भए पनि निमोनियाका कारण उनको निधन भएको हो। आचार्यका दुई छोरा छन् - सतीशलाल आचार्य र सचिनलाल आचार्य।
उनी निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौ हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए।
