PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सिंहदरवारको नयाँ कार्यकक्षमा वार्ता : के विषयमा चल्दैछ प्रम ओली र माधव नेपालबिच छलफल?



पहिलोपोस्ट

सिंहदरवारको नयाँ कार्यकक्षमा वार्ता : के विषयमा चल्दैछ प्रम ओली र माधव नेपालबिच छलफल?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच वार्ता भइरहेको छ।

सिंहदरबारमा जारी वार्तामा पार्टीमा विवादित रहेका विषयलाई सम्बोधन गर्ने विषयमा कार्यदल बनाउनेबारे छलफल भइरहेको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।

'एक बजेदेखि बस्ने भन्ने तय भए अनुसार वार्ता भइरहको छ। कार्यदल बनाउने बारेमा भइरहेको हो छलफल,' उनले भने। सिंहदरवारस्थित प्रधानमन्त्रीको भर्खरै बनेको कार्यालयमा वार्ता भइरहेको हो।

यसअघि समूहगत रुपमा सिंहदरवारमै वार्ता गरेका एमालेका नेताहरु कार्यदलबाटै पार्टीको विवाद मिलाउन सहमत भएका थिए। ओलीले कार्यदलमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादु थापा बादललाई सदस्य बनाउन खोजे पनि नेपाल समूह उनलाई कार्यदलमा राख्न नहुने पक्षमा छ।

१० सदस्यीय कार्यदल बनाउने विषयमा छलफल भइरहेको छ। एमालेको नेपाल समूहले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले २०७५ जेठ अघिको अवस्थामा फर्कनुपर्ने अडान राख्दै आएको थियो। उक्त अडानप्रति ओली लचिलो बनेपछि एमाले विवाद तत्कालका लागि साम्य भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell