PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

सुदूरपश्चिम प्रदेश सरकारमाथि प्रधानमन्त्रीको आक्रोश : मानवीय संकटमा राज्यरजौटा चलाउने?



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेश सरकारमाथि प्रधानमन्त्रीको आक्रोश : मानवीय संकटमा राज्यरजौटा चलाउने?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमाथि आक्रोश पोखेका छन्।

बालुवाटारस्थित सरकारी निवासमा सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि एकजुट हुनुपर्नेमा प्रदेश सरकारले राजनीति गरेको आरोप लगाए।

उनले महामारीमा के कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरे। सुदूरपश्चिम प्रदेशले संघको सहयोग नलिएकोप्रति ‌ओलीले असन्तुष्टि पोखे।

उनले भने, ‘यस्तोमा राजनीति गर्न छोड्नुहोस्। प्रदेश नम्बर ७ को सरकार, यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिँदैन भनेर फिर्ता पठाउँछ। केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा, सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ। जाउँ हाम्लाई चाहिँदैन केही पनि। यो भन्दा के हुन्छ प्रदेशका नाममा, के का नाममा राज्य रजौटा भएर चलाउने प्रवृत्तिहरु? मानवीय संकटका बेला रजौटे प्रवृत्ति उचित हुनसक्छ र?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell