PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एमालेका यी १० नेताले पाए विवाद मिलाउने जिम्मा, कार्यदलको प्रतिवेदनका आधारमा विवाद मिलाउन ओली-नेपाल सहमत



पहिलोपोस्ट

एमालेका यी १० नेताले पाए विवाद मिलाउने जिम्मा, कार्यदलको प्रतिवेदनका आधारमा विवाद मिलाउन ओली-नेपाल सहमत

काठमाडौं : नेकपा एमालेको विवाद मिलाउनका लागि कार्यदल बनेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच सिंहदरबारमा भएको एक्का एक्लै वार्ताले कार्यदलबारे टुंगो लगाएको हो।

२०७५ जेठ २ फर्कने र बाँकी विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको नेता नेपालले बताए। 

उनले कार्यदलका सदस्यबारे टुंगो लागेको जानकारी दिएका छन्।

नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघु जी पन्त वार्ता टोलीमा छन् भने ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेको नेपालले बताए।

उनका अनुसार कार्यदललाई ३ दिनको समय दिइएको छ। समयसीमा बढाउन सकिने विषयमा समेत छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell