PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

जसपाका पदमुक्त ४ सांसदको रिट दर्ता, उपेन्द्र यादव र प्रदेश सभामुखलाई बनाइयो विपक्षी



पहिलोपोस्ट

जसपाका पदमुक्त ४ सांसदको रिट दर्ता, उपेन्द्र यादव र प्रदेश सभामुखलाई बनाइयो विपक्षी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका पदमुक्त चार प्रदेश सांसदको रिट निवेदन दर्ता भएको छ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या र मौलिक हकसम्बन्धी मुद्दाहरुमा सुनुवाइ गर्ने वैशाख ३१ को पूर्ण बैठकको निर्णयअनुसार लुम्बिनी प्रदेशसभाका पदमुक्त चार सांसदको रिट निवेदन दर्ता भएको हो।

यसअघि वैशाख १६ मा पदमुक्त गरेलगत्तै रिट निवेदन लिएर अदालत गएपछि कोभिड महामारीमा सेवा कटौतीका कारण दर्ता हुन सकेको थिए।

रिट निवेदनमा अध्यक्ष उपेन्द्र यादव, पार्टीको संसदीय दलका नेता सहसराम यादव, लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरलाई विपक्षी बनाइएको छ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आएको अविश्वास प्रस्तावबाट पछि हटेर मन्त्री भएका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादवलाई वैशाख १४ गते बसेको उपेन्द्र यादव पक्षीय कार्यकारिणी बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। बहुमतको हस्ताक्षर प्रदेशसभामा बुझाएपछि १६ गते प्रदेशसभा सचिव पुनमगरले विज्ञप्ति जारी गरेर पदमुक्त भएको जानकारी गराएका थिए।

पदमुक्त लगत्तै जसपा अध्यक्ष महन्थ ठाकुरले कारवाही रोक्न प्रदेशसभामा पठाएको पत्र सार्वजनिक भएको थियो। पत्रमा उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गरिरहेको उल्लेख थियो। पदमुक्तको निर्णयविरुद्ध ठाकुरले निर्वाचन आयोगलाई पनि पत्र लेखेर वैधानिकता नदिन माग गरेका थिए।

आफूमाथिको अवैधानिक पार्टी र प्रदेशसभाको कारवाही बदरको माग गर्दै आइतवार रिट दर्ता गराएका उनीहरुले उत्प्रेषणको आदेश माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell