PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नारायणी अस्पतालका मेसु ठाकुरलाई स्वास्थ्य मन्त्रालयले बोलायो



राधेश्याम पटेल

नारायणी अस्पतालका मेसु ठाकुरलाई स्वास्थ्य मन्त्रालयले बोलायो

वीरगंज : स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ।

फोन सम्पर्कमा मन्त्रालयका अधिकारीबाट २४ घण्टाभित्र अस्पतालमा हाजिर हुन निर्देशन आएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए।

नारायणी अस्पतालको कमजोर व्यवस्थापन र कोरोना संक्रमितको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीबाट भइरहेको लापरवाहीले दैनिक ८ जनाभन्दा बढि संक्रमितको ज्यान जान थालेको समाचार र कोभिड वार्डभित्रको दुरावस्थाबारे पहिलोपोस्टले समाचार सम्प्रेषण गरेको थियो। त्यसपछि विभिन्न सञ्चार माध्यममा दबाबमुलक समाचार आएपछि मेसु ठाकुरलाई मन्त्रालयले फिर्ता बोलाएको बताइएको छ।

मन्त्रालय स्पष्टीकरण सोधेर कारवाही गर्नसक्ने बताइएको छ।

रौतहट, पिपरा भलोहिया घर भएका ४० वर्षिय मेसु ठाकुरलाई एक वर्षअघि तत्कालिन नारायणीका मेसु डा मदन उपाध्यायले वीरगंज बस्न अस्वीकार गरेपछि वीर हस्पिटलमा कार्यरत रहेकै अवस्थामा मन्त्रालयले जिम्मेवारी दिँदै वीरगंज पठाएको थियो।

उनी आएसँगै नारायणी अस्पतालमा अनियमितता तथा स्वास्थ सेवालगायत बिग्रिँदै गएको गुनासो चिकित्सकहरुबाट आएको थियो। कर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell