PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एकैदिन १४५ जनाको मृत्यु, थपिए ७३६८ जना संक्रमित : संक्रमण मुक्त हुनेको संख्या बढ्दै



पहिलोपोस्ट

एकैदिन १४५ जनाको मृत्यु, थपिए ७३६८ जना संक्रमित : संक्रमण मुक्त हुनेको संख्या बढ्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १ सय ४५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको जानकारी दिएका छन्। त्यस्तै सोही समयमा देशभर ७ हजार ३ सय ६८ जना कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबबाट १९ हजार ५ सय ३९ जनाको कोरोना परीक्षण गरिएको थियो।

काठमाडौं उपत्यकाभित्र मात्र २ हजार ६ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो। काठमाडौंमा १ हजार ८ सय ८१ जनामा, भक्तपुरमा २ सय ९२ र ललितपुरमा ४ सय ३६ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या भने १ लाख १० हजार २ सय ६३ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell