PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेटौँडामा थप ४ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ६१ पुग्यो



पहिलोपोस्ट

हेटौँडामा थप ४ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ६१ पुग्यो

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ।

मृत्यु हुनेमा हेटौँडा-२ का ६४ वर्षीय पुरुष र बाराका ४६ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको र हेटौँडा-१४ की ७४ वर्षीया महिला, हेटौँडा-८ की ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।

हेटौँडामा शनिवार पनि ४ जना संक्रमितको मृत्यु भएको थियो। योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell