PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीरगंजमा थप ६ जना संक्रमितको मृत्यु, नारायणी अस्पतालमा मात्रै ४ जनाले गुमाए ज्यान



पहिलोपोस्ट

वीरगंजमा थप ६ जना संक्रमितको मृत्यु, नारायणी अस्पतालमा मात्रै ४ जनाले गुमाए ज्यान

वीरगंज : वीरगंजमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतवार बिहान ३ बजेदेखि दिउँसो २ बजे सम्म ११ घण्टामा विभिन्न अस्पतालमा गरी ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। जसमा नारायणी अस्पतालमा ४, वीरगंज हेल्थकेयर र नारायणी वयोधा अस्पतालमा १/१ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १ जना महिला र ५ जना पुरुष रहेका छन्। मृतकमध्ये वीरगंजका ४ जना र २ जना बाराका रहेका छन्। नारायणी अस्पतालमा वीरगंज-१६ मिथिला नगरका ४४ वर्षीय पुरुषको आइतवार बिहान पौने ९ बजे मृत्यु भएको छ। उनलाई १५ बैशाखमा अस्पताल भर्ना गरी भोलिपल्ट पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

वीरगंज-१३ राधेममाईकी ५० वर्षीया महिलाको आइतवार दिउँसो १ बजेर १५ मिनेटमा नारायणीमा मृत्यु भएका छ। उनलाई बैशाख ३१ गते पीपीआर विधिबाट संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो।

नारायणीमा बाराको जितपुरसिमरा-२ सिमराका ३३ वर्षीय युवक र सोही पालिका वडा नम्बर ९ छातापिपरका ६० वर्षीय वृद्धको नारायणीमा आइतवार बिहान साढे ११ बजे निधन भएको थियो। 

त्यसैगरी, वीरगंज हेल्थकेयर हस्पिटलमा आइतवार बिहान सवा ४ बजे वीरगंज-१० आदर्शनगरका ६८ वर्षीय वृद्धको र नारायणी वयोधा अस्पतालमा वीरगंज-१ का ६४ वर्षीय वृद्धको आइतवार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी गराए।

वीरगंज हेल्थकेयरमा मृत्यु भएको संक्रमितमा गत बैशाख २७ अस्पताल भर्ना भएपछि एन्टिजिनबाट पोजेटिभ देखिएको थियो भने नारायणी वयोधा अस्पतालमा मृत्यु भएका वृद्धमा पीसीआर विधिबाट गत बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell