PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ



पहिलोपोस्ट

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-२० हरपतगंजका २२ वर्षीय सरोज चौरसिया रहेका छन्।

बैशाख ३१ गते दिउँसो १:३० बजे ललाईफकाई आफनो घरमा लगेर यौन दुर्व्यवहार गर्ने क्रममा बालिका उनको कब्जाबाट फुत्किएर अभिभावकलाई घटना बारे जानकारी गराएकी थिइन्।

त्यसपछि अभिभावकले शनिवार पर्सा प्रहरीमा उजरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरी यौन दुर्व्यवहार सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell