PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने दुई एम्बुलेन्स चालक पक्राउ



पहिलोपोस्ट

वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने दुई एम्बुलेन्स चालक पक्राउ

वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा देश गुज्रिरहेको बेला केही व्यवसायीहरु मनपरी भाडा असुल्ने काममा संलग्न भएको पाइएको छ। वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने एम्बुलेन्स चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दीन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २२ वषीय वीरबल मुखिया रहेका छन्। दुवैलाई शनिवार साँझ नेसनल मेडिकल कलेज वीरगंजको अगाडिबाट पर्सा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी गराए।

उनका अनुसार १ हजारको भाडाको ठाउँमा दोब्बर तेब्बर भाडा लिएको गुनासो आएपछि कालोबजारी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। पर्सा प्रहरीले अन्य एम्बुलेन्स चालकले तोकिएको भाडाभन्दा बढि भाडा लिएमा तुरन्त पर्सा प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरे।

पर्सा प्रहरीले दुवैले चलाउने ना २ च ३२५६ र ना २ च ८१९९ नम्बरको दुई वटा एम्बुलेन्स पनि नियन्त्रणमा लिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell