PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

साढे १६ हजार भाडा लिएर यात्रु ओसार्ने बटेश्वर गाउँपालिकाको एम्बुलेन्स प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

साढे १६ हजार भाडा लिएर यात्रु ओसार्ने बटेश्वर गाउँपालिकाको एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
फाइल फोटो।

जनकपुरधाम : धनुषामा यात्रु ओसार्ने एम्बुलेन्सलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार पुलचोकबाट यात्रु ओसार्ने बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो।

ज १ च १६२५ नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। यात्रुसँग १६ हजार ५ सय रूपैयाँ लिएर जनकपुरको पुलचोकबाट झापाको विर्तामोड जाँदै गर्दा सूचनाको आधारमा धनुषाको ढल्केबरबाट पक्राउ गरिएको न्यौपानेले बताए।

चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell