PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

वडाध्यक्षले गरे धर्मशालामा बस्नेहरुका लागि निषेधाज्ञा अवधिभर खानाको व्यवस्था



पहिलोपोस्ट

वडाध्यक्षले गरे धर्मशालामा बस्नेहरुका लागि निषेधाज्ञा अवधिभर खानाको व्यवस्था

जनकपुरधाम : कोरोनाको कारण निषेधाज्ञा लागेपछि जनकपुरधाममा मागेर खानेहरुका लागि खाना खुवाउने अभियान सञ्चालन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरुको लागि वडाध्यक्ष जानकी राम साहले आजदेखि खाना खुवाउने अभियान सञ्चालन गरेका छन्।

झण्डै दुई सातादेखि लागेको निषेधाज्ञाको कारण दैनिक ज्यालादारी तथा मागेर खानेहरुलाई समस्या भएको समाचार केहि सञ्चारमाध्यममा आएपछि वडाध्यक्ष साहले आजदेखि निषेधाज्ञा अवधिभरका लागि उनीहरुलाई खानाको व्यवस्था गरेका हुन्।

जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुरी तथा मागेर खानेहरुलाई राहत स्वरुप दुई छाक भोजनको व्यवस्था गरेको र आफ्नो वडामा कसैलाई भोकै सुत्न नदिने वडाध्यक्ष साहले बताए।

जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका करिब ४० जना र मुसहरी टोलमा बसोबास गर्दै आएकाहरुलाई पनि भोजनको व्यवस्था आजदेखि गरेकाले अब भोककै कारण कसैको ज्यान नजाने उनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell