PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना महामारीमै निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब प्रतिलिटर १२३ रुपैयाँ



पहिलोपोस्ट

कोरोना महामारीमै निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब प्रतिलिटर १२३ रुपैयाँ
फाइल फोटो

काठमाडौंः कोरोना महामारीमै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै महामारीमै मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमै दुई रुपैयाँ बढाएको हो। यो मूल्य वृद्धिसँगै पेट्रोल लिटरको १२३ रुपैयाँ र डिजल तथा मट्टितेल १०६ रुपैयाँ कायम भएको छ। आन्तरिक तर्फको हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ। निगमले खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फ उडान गर्ने जहाजले हाल्ने इन्धनको मूल्य भने यथावत राखेको छ।

निषेधाज्ञाका कारण अहिले पेट्रोलियम पदार्थको माग छैन्। ७३ जिल्लामा निषेधाज्ञा लागेकोले सवारी साधन, उद्योग व्यवसाय, होटल/रेष्टुरेन्ट बन्द छ। अत्यावश्यक सवारी साधन, औषधि, अक्सिजन र खाद्यान्न उद्योग वाहेक अरु बन्दनै छन्। निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि पेट्रोलमा ८ रुपैयाँ ५६ पैसा र डिजलमा ४ रुपैयाँ ४६ पैसा नोक्सान रहेको दाबी गरेको छ। निगमले ग्यास एक सिलिण्डरमा ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell