PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

वाग्मतीको सामाजिक विकास मन्त्रालयद्वारा १३ वटै जिल्लाका प्रजिअ र जनप्रतिनिधिहरुसँग छलफल



पहिलोपोस्ट

वाग्मतीको सामाजिक विकास मन्त्रालयद्वारा १३ वटै जिल्लाका प्रजिअ र जनप्रतिनिधिहरुसँग छलफल
फोटो : सामाजिक विकास मन्त्रालय/फेसबुक।

हेटौँडा : वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘कोभिड रोकथाम, नियन्त्रण र उपचार’ का बारेमा १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति र स्थानीय सरकारका जनप्रतिनिधिसँग आइतवार साँझ छलफल गरेको छ।

भर्चुअल कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक अभाव देखाएर कोभिडविरुद्ध गर्नुपर्ने कुनै पनि काम नरोक्न सबैलाई निर्देशन दिए। उनले नागरिकले राहत महसुस गर्ने गरी कोभिडविरुद्ध काम गर्न पनि सबैलाई निर्देशन दिए।

सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबै जिल्ला र पालिकाबाट आएको सुझाव अनुसार भोलि नै विभिन्न निर्णय गरेर आवश्यक काम अघि बढाउने बताइन्। सबै जिल्लामा पीसीआर मेसिन राख्ने प्रक्रिया शुरु भएको, एन्टिजेन किट पठाइरहेको, जनशक्ति अभाव भए संघीय सरकारको बैशाख ६ गतेको निर्णय अनुसार तत्काल काम गर्न पनि सबैलाई आग्रह गरे।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी तथा प्रदेश मन्त्रालयका सचिवहरु लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell