PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

पराजयसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो



पहिलोपोस्ट

पराजयसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पराजय ब्यहोरेसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ। क्याम्प नाउमा गएराति सम्पन्न महत्वपूर्ण खेलमा घरेलु टोली बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलअन्तरले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो।

खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। उता सेल्टा भिगोका सान्टी मिनाले ३८ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले नै खेलको ८९ औं मिनेटमा पनि गोल थपेका थिए। उता बार्सिलोनाका क्लिमेन्ट लेनग्लेट८३ औं मिनेट रेड कार्ड खाँदै बाहिरिएका थिए।

यो हारसँगै बार्सिलोनाको लिग जित्ने सपना पुरा हुने छैन। उपाधि होडमा रहेको शीर्ष तीन टिममा बाकी दुई टिमले गएरातिको खेल जितेका थिए। एक खेलबाँकी रहँदा एट्लेटिको मड्रिड ८३ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ८१ अंकसहित दोस्रो स्थानमा छ। बार्सिलोना ७६ अंकसहित तेस्रो स्थानमा रह्यो। बार्सिलोनाले अर्को खेल जितेको खण्डमा पनि शीर्ष दुई भित्र रहने छैन। अर्कोतर्फ बार्सिलोनामाथि जित निकालेको सेल्टा भिगो ५३ अंकसहित तालिकाको ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell