PahiloPost

Jul 3, 2024 | २० असार २०८१

ला लिगाको उपाधि होडमा रियल मड्रिड र एट्लेटिको मड्रिड



पहिलोपोस्ट

ला लिगाको उपाधि होडमा रियल मड्रिड र एट्लेटिको मड्रिड
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि होडमा रहेका तीन टिम मध्ये रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्। गएराति सम्पन्न खेलमा एट्लेटीको मड्रिडले ओसासुना र रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि जित निकालेसँगै उपाधि होडमा यी दुबै टोली कायमै रहेका हुन्। अर्कोतर्फ उपाधि होडमा रहेको तेस्रो टिम बार्सिलोनामा भने सेल्टा भिगोसँग पराजय ब्यहोरेपछि शीर्ष दुईमा नपर्ने पक्का भइसकेको छ।

एट्लेटिको मड्रिडले गएरातिको खेलमा ओसासुनामाथि पुनरागमन जित निकालेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७५ औं मिनेटमा एन्टे बुधिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए। तर एट्लेटिकोका रेनन् लोडीले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ८८ औं मिनेटमा लुइस स्वारेजले गोल फर्काउँदा एट्लेटिकोले खेल आफ्नो पक्षमा २-१ ले पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि संघर्षपूर्ण जित निकाल्यो। रियलको जितमा नाचो फर्नान्डेजले निर्णायक गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गर्दा रियल १-० ले विजयी भयो।

लिगमा अब उपाधि नजिक रहेका रियल मड्रिड र एट्लेटिको मड्रिडले अन्तिम खेल खेल्न बाँकी छ। एट्लेटिको मड्रिडले ८३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ भने रियलले ८१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। एट्लेटिकोलाई उपाधि जित्न आफ्नो जित या रियलको बराबरी नै काफ हुने छ भने रियलले खेल जितेर पनि एट्लेटिकोको नतिजामा भर पर्नुपर्नेछ। एट्लेटिकोले लिगको अन्तिम खेलमा भालाडोलिडसँग खेल्नेछ भने रियल मड्रिडले भिल्लारियलसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell