PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

लिभरपुलको जितमा गोलकिपर एलिसनको निर्णयक गोल



पहिलोपोस्ट

लिभरपुलको जितमा गोलकिपर एलिसनको निर्णयक गोल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वेस्टब्रुममाथि जित निकालेको छ। द हावथ्रोन्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टब्रुममाथि लिभरपुलले १-२ गोलअन्तरको पुनरागमन जित निकालेको हो।

खेलको १५ औं मिनेटमा हल रोबसन-कानुको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। तर लिभरपुलका मोहम्मद सलाहले ३३ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो। त्यस्तै लिभरपुलले दोस्रो र निर्णायक गोल थप्यो दोस्रो हाफको इन्ज्युरी टाइममा। लिभरपुलका गोलकिपर एलिसन् बेकरले कर्नरबाट अलेक्जेन्डर आर्नोल्डले गरेको प्रहारलाई हेडिङमार्फत गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे।

जितसँगै ३६ खेलाबाट ६३ अंक जोडेको लिभरपुलले शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिग पुग्ने सम्भावना कायमै राखेको छ। उता २६ अंक जोडेको वेस्टब्रुम रेलिगेसनमा जाने पक्का भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell