PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

नोभाक जोकोविचलाई हराउँदै इटालियन ओपनको उपाधि राफेल नाडाललाई



पहिलोपोस्ट

नोभाक जोकोविचलाई हराउँदै इटालियन ओपनको उपाधि राफेल नाडाललाई
Photo: Skysports

राफेल नाडालले नोभाक जोकोविचालाई हराउँदै इटालियन ओपनको उपाधि जितेका छन्। इटलीको रोममा सम्पन्न खेलमा विश्व नम्बर १ जोकोविचलाई हराउँदै नाडालले १० औं पटक इटालियन ओपनको उपाधि उचालेका हुन्।

उपाधि जित्न नाडालले ७-५, १-६ र ६-३ को सेटमा फाइनल खेलमा जित निकाले। अब अगाडि दुबै खेलाडीको नजर मे अन्तिम साताबाट सुरुहुने फ्रेन्च ओपनमा रहने छ। नाडालले यदि फ्रेन्च ओपन पनि जित्ने हो भने उनी उनी स्वीजरल्याण्डका रोजर फेडररलाई पछि पार्दै सबैभन्दा धेरै पटक ग्राण्डस्लाम जित्ने पुरुष खेलाडी बन्नेछन्। अहिले नाडाल र फेडररले समान २०/२० पटक ग्राण्डस्लाम जितेका छन्। त्यस्तै उनीहरुलाई पछ्याउँदै जोकोविचले १८ पटक जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell