PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

के निषेधाज्ञाको समय ट्राफिक लाइटको प्रयोग नगर्नु पर्ने हो ?



पहिलोपोस्ट

के निषेधाज्ञाको समय ट्राफिक लाइटको प्रयोग नगर्नु पर्ने हो ?

काठमाडौंः काठमाडौं उपत्यका लगायत देशका ७४ वटा जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञाको कारण काठमाडौं उपत्यकाभित्रका सडक सुनसान देखिएका छन्।

सडक खाली हुँदा अत्यावश्यक कामका लागि निस्किएका दौडिएका सवारी साधनको गतिसमेत तीव्र छ। तीव्र गतिका कारण कतिपय स्थानमा दुर्घटना समेत भएका छन्। दुर्घटनाको कारण ज्यान समेत गएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँका केही स्थानमा गति कन्ट्रोल गर्न प्वाइन्ट समेत राखेको छ। त्यस्तै ६० भन्दा बढी स्थानमा ट्राफिकको चेक प्वाइन्ट पनि छ। तर चालकको सवारी गति कम भएको देखिएको छैन।

'हामीले पनि यस्तो घटना देखेका छौँ। सकभर हाम्रो ट्राफिक प्रहरीले देखेको समयमा सम्झाउने र कारबाही गर्ने काम भइरहेको छ। तर चालक आफैँले यसमा सचेत हुनु जरुरी छ,' महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनकराज भट्टराईले भने।

त्यस्तै निषेधाज्ञाको समयमा ट्राफिक लाइटको संकेत समेत प्रयोग नगर्ने चालक देखिएका छन्। ट्राफिक लाइट भएको स्थानमा ट्राफिकको उपस्थिति नहुँदा र सवारी कम भएको मौका छोपेर लाइटको संकेत समेत प्रयोग नगर्ने चालकको सङ्ख्या बढ्दै गएको छ। के निषेधाज्ञाको समयमा ट्राफिक लाइटको संकेत आवश्यक छैन?

' निषेधाज्ञा भए पनि चालकले ट्राफिक लाइट प्रयोग गर्नुपर्छ। हामीले यसरी संकेत प्रयोग नगरेको भेट्टाउनेलाई कारबाही गर्छौँ,' एसएसपी भट्टराईले भने।

निषेधाज्ञाको समय सवारीको चाप कम भएकाले ट्राफिक प्रहरीले भएका सबै स्थानमा ट्राफिक लाइट प्रयोगमा ल्याइरहेको छ। तर ट्राफिक लाइटमा दिने संकेतको समय भने केही कम गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell