PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगंजमा थप ७ संक्रमितको मृत्यु, घट्दै संक्रमण दर



राधेश्याम पटेल

वीरगंजमा थप ७ संक्रमितको मृत्यु, घट्दै संक्रमण दर

वीरगंज : वीरगंजमा थप ७ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, वीरगंज हेल्थकेयर र भवानी अस्पतालमा १/१ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन्।

सोमवार विहान १ बजेदेखि दिउँसो २ बजेसम्म करिब १३ घण्टाको अवधिमा एक महिलासहित ७ जनाको मृत्यु भएको जनाइएको छ। जसमा पर्साका ५ र बाराका २ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार मृतकको उमेर ४५ वर्षदेखि ६५ वर्ष समूहको रहेको छ।

वीरगंज हेल्थकेयर अस्पताल गण्डक बहुअरीमा वीरगंज–१० आदर्शनगरका ६५ वर्षिय वृद्धको सोमवार विहान पौने १२ बजे मृत्यु भएको छ। उनको १७ गते पीसीआरबाट संक्रमण पुष्टि भई वैशाख २२ गते अस्पताल भर्ना भएका थिए।

त्यसैगरी, भवानी अस्पताल लिंकरोडमा २८ गते अस्पताल भर्ना भई सोही दिन एन्टीजीन विधिबाट कोरोना संक्रमण पुष्टि भएका पर्सा, कालिकामाई गापा–२ भेडिहारीका ४८ वर्षिय पुरुषको सोमवार विहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको छ।

नारायणीमा मृत्यु ५ जनामध्ये चार जना पुरुष र १ जना महिला रहेका छन्। जसमा ३ जना पर्साका र २ जना बाराका रहेको नारायणी अस्पताल कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए।

वीरगंज–१६ का ५२ वर्षिय पुरुषको सोमवार विहान पौने १० बजे मृत्यु भएको हो। ३० गते एन्टीजीनबाट पोजेटिभ देखिएपछि उनी वैशाख १ गते अस्पताल भर्ना भएका थिए।

त्यसैगरी, २० वैशाखमा अस्पताल भर्ना भई सोही दिन एन्टीजीन विधिबाट कोरोना संक्रमण पुष्टि भएका वीरगंज २२ मनियारीका ४५ वर्षिय पुरुषको सोमवार विहान ६ बजेर ५ मिनेटमा मृत्यु भएको छ भने २० गते वैशाख अस्पताल भर्ना भई सोही दिन एन्टीजीन विधिबाट पोजेटिभ देखिएका बाराका ४६ वर्षिय पुरुषको सोमवार विहान पौने २ बजे मृत्यु भयो।

बारा, गढहल–६ की ५० वर्षिया महिलाको सोमवार विहान १ बजेर ५० मिनेटमा उपचारको क्रममा मृत्यु भयो। उनलाई २० वैशाखमा एन्टीजीनबाट कोरोना संक्रमण पुष्टि भई २३ वैशाखमा अस्पताल भर्ना गरिएको थियो।

त्यसैगरी, नारायणीको पाँचौ मृत्युमा वीरगंज–८ गहवाका ५२ वर्षिय पुरुष रहेका छन्। २४ वैशाखमा अस्प्ताल भर्ना भई एन्टीजीन विधिबाट पोजेटिभ देखिएर सोही दिन अस्पताल भर्ना गरिएको थियो। सात जनाको कोभिड निमोनियाको कारण दुबै फोक्सो खराब भएर श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको चिकित्सकहरुले जनाएका छन्।

वीरगंजमा घट्दो संक्रमणदर

वीरगंजमा पछिल्लो दिनमा कोरोना संक्रमणको दर घट्दो क्रममा गएको देखिएको छ। केही दिनदेखि ५० प्रतिशतभन्दा कमको स्प्रेड दरमा नयाँ संक्रमित पहिचान भइरहेको तथ्याक नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजले सार्वजनिक गरेको छ।

आइतवार अबेर राति गरिएको २८८ जनाको स्वाब नमूना परीक्षणबाट ४३ प्रतिशतको हाराहारीमा आर्थात जम्मा ४३ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

जसमा पर्साका ८८, बाराका २०, रौतहतका १३, सर्लाही र धनुषाका १–१ गरी कुल १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा.दासले बताए।

९ देखि ७७ वर्ष उमेर समूहका ९१ पुरुष र ३३ महिला गरी कुल १२४ जना नयाँ संक्रमितको सिटी भ्यालु १६ देखि ३५ सम्म रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell