PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सानो पाइलाले नारायणी अस्पताललाई दियो ३ थान भेन्टिलेटर, दोस्रो लहरमा मात्रै ९ थान भेन्टिलेटर प्रदान



पहिलोपोस्ट

सानो पाइलाले नारायणी अस्पताललाई दियो ३ थान भेन्टिलेटर, दोस्रो लहरमा मात्रै ९ थान भेन्टिलेटर प्रदान

वीरगंज : वीरगंजको गैरसरकारी संस्था सानो पाइलाले नारायणी अस्पताल वीरगंजलाई ३ थान भेन्टीलेटर प्रदान गरेको छ। अस्पतालको निमित्त मेसु डा. एनामुलक हकलाई संस्थाका दिपेश सर्राफको टोलीले ३ थान भेन्टिलेटर प्रदान गरेको हो।

नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले संस्थाले समाजिक सेवा अन्तर्गत भेन्टिलेटर सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक कन्चन झाले जानकारी दिए। हाइफ्लो नेजल क्यानुलानन इन्भेसिभ भेन्टिलेटरसहितका सामग्री प्रदान गरिएको हो।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा भेन्टिलेटरहरुमा जडान हुने एल्बो किट, न्याजलक्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका चार सेट मेडिकल उपकरण एनपिएल समाज कल्याण संस्था वीरगंजसँगको समन्वयमा प्राप्त भएको जनाइएको छ।

साथै राष्ट्रिय आविष्कार केन्द्रबाट प्राप्त भएका अक्सिजन स्पिल्टिर पाँच सेट पनि नारायणी अस्पताललाई हस्तान्तरण गरिएको सो संस्थाले जनाएको छ। यस्ता उपकरणको सहायताले एउटै अक्सिजन सिलिन्डरबाट दुई जना बिरामीलाई अक्सिजन सर्पोट दिन सकिन्छ।

स्वासप्रश्वासको समस्या भएका बिरामीहरुलाई यस प्रकारको भेन्टिलेटरले उच्च गतिमा अक्सिजन प्रदान गर्न टेवा पुर्‍याउने जनाइएको छ।

यससँगै नारायणी अस्पतालमा भेन्टिलेटरहरुको संख्या २१ पुगेको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी गराए। यसअघि वैशाख १४ गते सानो पाइलाले नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell