PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मेक्सिकोकी एन्ड्रिया मेजाले जितिन् 'मिस यूनिभर्स २०२०' को उपाधि



पहिलोपोस्ट

मेक्सिकोकी एन्ड्रिया मेजाले जितिन् 'मिस यूनिभर्स २०२०' को उपाधि

‘मिस यूनिभर्स २०२०’को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन्। ६९ ‌औँ संस्करणकी विजेता मेजालाई पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले ताज लगाइ दिइन्।

अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री गरेकी मेजाले ‘यदी तपाईं देशको नेतृत्वकर्ता हुनुभयो भने कोभिड-१९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस यूनिभर्स बनिन्।

प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भइन्।

प्रतियोगिताको यो संस्करणमा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन्। तर उनी उत्कृष्ट २१ बाट नै बाहिरिएकी थिइन्।

गत वर्ष हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण सम्पन्न हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell