PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कांग्रेसले ‘डिमाण्ड’ बढाउँदा कर्णालीमा माओवादीका दुई मन्त्रीले मात्रै लिए सपथ, एक जनाले लिन पाएनन्



पी बी खड्का

कांग्रेसले ‘डिमाण्ड’ बढाउँदा कर्णालीमा माओवादीका दुई मन्त्रीले मात्रै लिए सपथ, एक जनाले लिन पाएनन्

सुर्खेत : कर्णालीमा थप दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले शपथ लिएका हुन्।

नवनियुक्त मन्त्री नेपाली र शर्मालाई सोमबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले शपथग्रहण गराएका हुन्।

मन्त्रीद्वयलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार मात्रै नियुक्त गरेका थिए।

यसअघि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्ती नियुक्त गर्दा नेपालीलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय परेके थियो। सत्ता साझेदार कांग्रेसले दुई वटा मन्त्रालय हुनुपर्ने भन्दै असन्तुष्ट जनाएपछि सांसद विन्दमान विष्टलाई शपथ नै नगराएर मुख्यमन्त्री शाहीले फिर्ता बोलाएर दुई जनालाई नियुक्त गरेका हुन्।

अब कांग्रेसलाई दुई वटा मन्त्रालय भाग परेको छ। यद्यपि, अहिलेसम्म कसलाई पठाउने भन्ने बारे टुंगो लगाइसकेको छैन।

दुई गुटमा विभाजित कांग्रेसले शक्ति सन्तुलनका लागि दुई वटा मन्त्रालय माग गरेको थियो। प्रदेशसभामा ६ सांसद रहेको कांग्रेसका शेरबहादुर देउवा गुटका दुई सांसद आकांक्षी छन् भने, नेता रामचन्द्र पौडेल गुटका एक सांसद छन्।

तर, पौडेल गुटका मानिने सांसद दिनबन्धु श्रेष्ठ सार्वजनिक लेखा समितिको अध्यक्ष रहेकाले दुवै मन्त्रालय देउवा गुटले पाउनुपर्ने अडानमा छन् भने पौडेल गुटका श्रेष्ठले पनि मन्त्रीको दावी गरिरहेका छन्।

दलभित्रको आन्तरिक भागबण्डा नमिलेकै कारण कांग्रेस अलमलमा देखिएको छ। हाल नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित दुई मन्त्री र फ्लोर क्रस गरी पद जोगादिएका एमालेका तीन जनालाई मन्त्री नियुक्त गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell