PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मृत्युको उकालो ग्राफ: कोभिड ‘आउटब्रेक’ भएको चीनलाई नेपालले उछिन्यो, प्रति १० लाखमा दैनिक ६ जनाको मृत्यु



विधुर ढकाल

मृत्युको उकालो ग्राफ: कोभिड ‘आउटब्रेक’ भएको चीनलाई नेपालले उछिन्यो, प्रति १० लाखमा दैनिक ६ जनाको मृत्यु

काठमाडौं: नेपालमा कोभिड-१९ संक्रमणबाट पहिलो मृत्यु २०७७ साल जेठ २ गते भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३ गते मृत्यु पुष्टि गरेको थियो। पहिलो मृत्यु भएको ठिक एक वर्ष पूरा हुँदा मृत्युको यो आँकडा पाँच हजार नाघेको छ। जुन कोभिड-१९ को आउटब्रेक इपिसेन्टरको रुपमा मानिएको चीनको भन्दा बढी हो।

जेठ २ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पाँच हजार १ जनाको मृत्यु भइसकेको थियो। जेठ ३ गते मन्त्रालयले थप २१४ जना संक्रमितको मृत्यु पुष्टि गरेको छ। योसँगै कोभिड-१९ संक्रमितको मृत्यु पाँच हजार २१५ पुगेको छ।

अक्सफोर्ड युनिभर्सिटीको आवर वर्ल्ड इन डाटाको पछिल्लो सात दिनको तथ्यांक विश्लेषणमा नेपालमा हाल (मे १५ पछि) दैनिक प्रति १० लाख ६ जनाको मृत्यु भइरहेको छ।  जुन भारतको भन्दा दोब्बर बढी हो। भारतमा यो संख्या २.८९ रहेको छ।

पछिल्लो सात दिनमै १३५६ मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो सात दिन (वैशाख २८-जेठ २) मा एक हजार ३५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जुन कूल मृत्युको २६ प्रतिशत हो। पछिल्लो १४ दिन (वैशाख २१-जेठ २) मा मात्र एक हजार ८५३ जनाको मृत्यु भएको छ। कूल मृत्युको ३५.५३ प्रतिशत हो। अघिल्लो सात दिन (वैशाख २१-वैशाख २७) मा नेपालमा जम्मा ४९७ जनाको मृत्यु भएको थियो।

पछिल्लो सात दिनमा औसतमा दैनिक १९३.७१ जना कोभिड-१९ संक्रमितको मृत्यु भइरहेको छ। जुन संख्या अघिल्लो सात दिनमा दैनिक औसतमा ७१ मात्र थियो। जुन अघिल्लो सात दिनको तुलनामा १७२.८३ प्रतिशतले बढेको हो।

सात दिनमा ६१ हजार ५० संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पछिल्लो सात दिनमा ६१ हजार ५० जना नयाँ संक्रमित पहिचान भएका छन्। अघिल्लो सात दिनको तुलनामा केही कम हो। अघिल्लो सात दिन (वैशाख २१-वैशाख २७) मा ६१ हजार १२४ जना संक्रमित पहिचान भएका थिए।

पछिल्लो दुई साता (वैशाख २१-जेठ ३) मा एक लाख २२ हजार १७४ जना नयाँ संक्रमित पहिचान भएका छन्। जुन कूल संक्रमितको २६.३१ प्रतिशत हो। सोमबारसम्म नेपालमा चार लाख ६४ हजार २१८ जनामा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो सात दिनमा मात्र दैनिक औसतमा आठ हजार ७२१ जनामा संक्रमण पुष्टि हुँदै आएको छ।

नेपालमा पछिल्लो दुई सातामा दुई लाख ८० हजार १४३ परीक्षण भएकोमा पोजेटिभिटी ४३.६१ प्रतिशत छ। नेपालमा कूल परीक्षणको १६.६२ प्रतिशत संक्रमित पहिचान भएका छन्। हालसम्म नेपालमा दुई लाख ९२ हजार ६७३ नमुनाको आरटी-पीसीआर परीक्षण भएका छन्। जुन प्रति १० लाख जनसंख्या ९५ हजार ८४६ हो।

पछिल्लो दुई साताको तथ्यांक हेर्दा नेपालमा भारतमा भन्दा बढी संक्रमणदर देखिन्छ। कूल जनसंख्याको प्रति १० लाख नेपालमा चार हजार ८३.८४ जनामा संक्रमित पहिचान भएका छन्। जुन भारतमा तीन हजार ६५२.१२ रहेको छ।

 

२४ प्रतिशत सक्रिय संक्रमित

नेपालमा पछिल्ला साता सक्रिय संक्रमितको ग्राफ उकालो लागिरहेको छ। हाल नेपालमा कूल संक्रमितमध्ये २४.४ प्रतिशत सक्रिय संक्रमित छन्। हाल नेपालमा एक लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन्। जुन दुई साता अगाडि अगाडिभन्दा ५२ प्रतिशतले बढी हो।

वैशाख २१ गते ५९ हजार ७९८ सक्रिय संक्रमित रहेकोमा १४औं दिनमा यो एक लाख १३ हजार ४८० पुगेको छ।

सक्रिय संक्रमित मध्ये ९३.८५ प्रतिशत होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै ६ हजार ९७० जना संक्रमितमात्र स्वास्थ्य संस्था तथा संस्थागत आइसोलेसनमा छन्। जसमध्ये एक हजार २५९ जना संक्रमित आइसियू छन्। आइसियूमा रहेकामध्ये ४०० जना भेन्टिलेटरमा छन्।  

कुन जिल्लामा कति सक्रिय संक्रमित?

हाल नेपालका सबै जिल्लामा सक्रिय संक्रमित छन्। जसमध्ये ३७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ। त्यस्तै १९ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा बढी छन्। त्यस्तै ५० भन्दा कम सक्रिय संक्रमित रहेका जिल्ला सात छन्।

२१ वटा जिल्लामा यो संख्या एक हजारभन्दा माथि छ। कूल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन्। काठमाडौंका तीन जिल्लामामा मात्र ४० हजार ७७४ सक्रिय संक्रमत छन्। जुन कूल संक्रमितको ३५.९३ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell