PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मन्त्रिपरिषद् बैठकः बजेट अधिवेशन सिफारिस भएन



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठकः बजेट अधिवेशन सिफारिस भएन

काठमाडौंः संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पनि सोमबार पनि सरकारले अधिवेशन सिफारिस गरेन। सोमबार अधिवेशन सिफारिसको अपेक्षा गरिए पनि सिफारिस नभएको हो। अधिवेशन समयमा नै सिफारिस नहुँदा योपटक प्रिबजेट छलफल नहुने निश्चित भइसकेको छ। 

सोमबारको बैठकले अधिवेशनबारे कुनै निर्णय नगरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले भने, ‘अधिवेशन बोलाउने विषयको कुनै निर्णय भएन। नियमित नितिगत निर्णय मात्रै हो।'

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको कम्तिमा १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell