PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

७४ जिल्लामा निषेधाज्ञा : कुन जिल्लामा कहिलेदेखि कति दिनसम्म निषेधाज्ञा?



पहिलोपोस्ट

७४ जिल्लामा निषेधाज्ञा : कुन जिल्लामा कहिलेदेखि कति दिनसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा ७४ वटा जिल्लामा पुगेको छ। मनाङ, खोटाङ र तेह्रथुम बाहेक सबै जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। देशभरमा कोरोना संक्रमित थपिदैं जाँदा निषेधाज्ञा भएका जिल्लाहरूमा निषेधाज्ञाको समयसमेत थप गरिरहेको छ।

वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको बाँकेमा अझै निषेधाज्ञा नै छ। त्यस्तै वैशाख १४ गतेदेखि निषेधाज्ञा गरिएको सुर्खेतमा थप गरेर जेठ १५ गतेसम्म पुर्‍याइएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लामा दोस्रो पटक थप गरेर निषेधाज्ञाको समय जेठ १३ गतेसम्म घोषणा भइसकेको छ। काठमाडौं उपत्यकामा प्रत्येक दिन थपिदैं गएको सक्रमितको सङख्यालाई हेर्दा अझै निषेधाज्ञा लम्बिने देखिन्छ। चितवनमा पनि जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ।

त्यस्तै कास्की, कञ्चनपुरमा जेठ ७ गतेसम्मको लागि निषेधाज्ञा छ। कैलाली र पर्सामा जेठ ६ गतेसम्म थप गरेर निषेधाज्ञाको समय बढाइएको हो। रोल्पा र पाँचथरमा भने थप गरेर जेठ १७ गतेसम्म निषेधाज्ञा गरिएको छ। त्यस्तै निषेधाज्ञा भएका अन्य जिल्लाहरूमा पनि पटक पटक गरेर जेठ १५ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell