PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बाराका बेपत्ता दुई बालक घाँटी रेटिएको अवस्थामा मृत फेला



राधेश्याम पटेल

बाराका बेपत्ता दुई बालक घाँटी रेटिएको अवस्थामा मृत फेला

वीरगंज : बारामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। कलैया–७ बस्ने अब्दुर रसारका ९ वर्षीय र ७ वर्षीय छोराको शव फेला परेको हो।

सोमवार साँझदेखि बेपत्ता दुबै सहोदर दाजुभाइ हुन्। बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा मंगलवार विहान उनीहरुको शव बरामद भएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौत्तम मिश्रले जानकारी गराए। दुई बालकका बुवा रसार वैदेशिक रोजगारीमा छन्। घटनास्थल शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको र विस्तारै घटनाको विस्तृत विवरण आउने बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell