PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इजराइल - प्यालिस्टाइनमा अमेरिका चाहन्छ - युद्धविराम तर तेस्रो पटक पनि रोक्यो युएन सुरक्षा परिषदको वक्तव्य



पहिलोपोस्ट

इजराइल - प्यालिस्टाइनमा अमेरिका चाहन्छ - युद्धविराम तर तेस्रो पटक पनि रोक्यो युएन सुरक्षा परिषदको वक्तव्य
GETTY IMAGES

गाजामा इजराइल र प्यालेस्टाइनबिच हिंसात्मक भिडन्तको ८ दिनपछि अमेरिकी राष्ट्रपति जे बाइडेनले 'युद्धविराम'को पक्षमा अभिव्यक्ति दिएका छन्। 

बाइडेनले इजराइली प्रधानमन्त्री बेन्जामिन न्यातानाहुलाई द्वन्द्व रोक्नका लागि अमेरिकाले इजिप्ट तथा अन्य मुलुकहरूसँग सहकार्य गरिरहेको बताएका छन्। 

तर, अमेरिकाले नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामका लागि जारी गर्न लागेको वक्तव्यलाई रोक लगाएको छ। 

इजराइल तथा प्यलेस्टाइनबिचको द्वन्द्व दोस्रो सातामा प्रवेश गरेको छ तर युद्ध रोकिने संकेत खासै देखिएको छैन।

गाजामा ६१ बालबालिका सहित २ सय १२ जनाको मृत्यु भएको छ जसमा दुई बालबालिका सहित १० जना इजराइली हुन्। 

इजराइलले गाजामा मारिएका अधिकांश सैनिक रहेको बताउँदै गैर सैनिकमाथि आक्रमणको लक्ष्य नरहेको दावी गरेको छ। 

तर इजराइलको यस्तो दावीलाई सैनिक समूह हमासले मानेको छैन। गाजा क्षेत्र हमासको नियन्त्रणमा छ। 

ह्वाइट हाउसले जारी गरेको वक्तव्यअनुसार बाइडेनले इजराइललाई निर्दोष नागरिकलाई सुरक्षित राख्न सबैखाले पहल आवश्यक रहेको छ।  'दुई नेताबिच हमास र अन्य आतंकवादी समूहविरुद्ध गाजामा अमेरिकी सेनाले गरेको अपरेसनलाई लिएर कुराकानी भएको हो,' वक्तव्यमा भनिएको छ। 

कुराकानीमा राष्ट्रपति बाइडेनले अमेरिका, इजिप्ट लगायतका मुलुकहरु युद्ध अन्त्यका लागि युद्धविरामको पक्षमा रहेको बताएको वक्तव्यमा भनिएको छ। 

इजराइल र प्यालेस्टाइबिचको युद्धले संसारकै ध्यान खिचिरहेको छ।

विश्वका नेता तथा मानव अधिकारको पक्षमा कार्यरत संस्थाहरुले निहत्था नागरिकहरुको मृत्यु भएकोमा दुख प्रकट गरेका छन्। संरचनाहरुमाथि भएका विस्फोटलाई उनीहरुले गलत भनिरहेका छन्।

तर, यता राष्ट्रसंघीय सुरक्षा परिषदले जारी गर्न लागेको वक्तव्यलाई  अमेरिकाले तेस्रो पटक रोक्न लगाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell