PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

ओलम्पिक पदकधारी खेलाडी सुशील कुमार भगौडा घोषित, सूचना दिनेलाई १ लाखको पुरस्कार



पहिलोपोस्ट

ओलम्पिक पदकधारी खेलाडी सुशील कुमार भगौडा घोषित, सूचना दिनेलाई १ लाखको पुरस्कार
Photo: Outlookindia

भारतीय कुस्तीलाई विश्वस्तरमा नयाँ पहिचान दिने खेलाडी सुशील कुमार विवादमा परेका छन्। ‌ओलम्पिकमा एक काश्य र एक रजत जितेका उनलाई भगौडा घोषित गरिएको छ। एउटा हत्या काण्डमा उनलाई प्रमुख दोषी मानेर प्रहरीले उनलाई पक्राउका लागि कोसिस गरिरहेको छ। जसमा उनको बारे सूचना दिनेलाई १ लाखको पुरस्कार समेत घोषणा गरेको छ।

दिल्ली पुलिसले माडल टाउनस्थित छत्रसाल स्टेडियममा पहलवान सागर धनगढको हत्या प्रकरणका मुख्य आरोपी सुशिल कुमारमाथि सोमवार १ लाख पुरस्कार राखेको हो। त्यस्तै उनका सहयोगी अजयमाथि ५० हजारको पुरस्कार राखिएको छ। यो प्रकरणमा सुशीलसहित ९ जना फरार छन्।

दुई हप्ता अगाडि जुनियर नेशनल रेस्लिङ च्याम्पियन सागर रानाको हत्या भएको थियो। मे ४ मा केही घाइते रेस्लरहरु अस्पताल भर्ना भएका थिए जसमा १ जनाको निधन भएको थियो। र, यो प्रकरण सतहमा आएको थियो। मे ५ मा सुशीलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफू र आफ्नो रेस्लरहरु त्यसमा सहभागी नभएको दाबी गरेका थिए।

उनी भारतबाट ओलम्पिकमा कुस्तीमा दुईवटा पदक जित्ने एकमात्र खेलाडी हुन्। उनले २००८ मा सम्पन्न बेइजिङ ओलम्पिकमा कास्य पदक र २०१२ मा सम्पन्न लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell