काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको पहिलो बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच आइतवार भएको सहमति अनुसार ५/५ जनाको वार्ता टोली गठन गरिएको थियो।
उक्त वार्ता टोलीको पहिलो बैठक सिंहदरबारमा बस्न लागेको ओलीका तर्फबाट नेतृत्व गरिरेहेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। बैठक दिउँसो ३ बजे बस्न लागेको हो। 'सिंहदरबारमा बैठक बस्न लागेको हो,' उनले भने।
नेकपा एमालेमा देखिएको विवाद मिलाउनका लागि ओली २०७५ जेठ २ गते अघिको कमिटीमा फर्कन तयार भएका छन्। पार्टीका अन्य विवाद वार्ता टोलीले दिएको सुझावका आधारमा सुल्झाउने एमालेको तयारी छ।
