PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सकियो एन्टिजिन किट, केमिकलको पनि अभाव



राधेश्याम पटेल

सकियो एन्टिजिन किट, केमिकलको पनि अभाव

वीरगंज : कोरोना संक्रमण परीक्षणका लागि आवश्यक सामग्रीको पर्सामा अभाव देखिएको छ।

स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार कोरोना भाइरस परीक्षण किटको अभावले कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ। स्वास्थ्य कार्यालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने एन्टिजिन किटको पनि अभाव देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी गराए।

उनका अनुसार पर्साका गाउँगाउँमा अहिले कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेकाले करिब ५ हजार एन्टिजिन किटको तत्काल आवश्यकता छ। प्रदेश २ ,समाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयसँग स्वास्थ्य कार्यालय पर्साले पत्राचार गरी जानकारी गराए पनि हालसम्म नपाएको उनले बताए। 

केन्द्र सरकारले नै प्रदेश सरकारलाई पर्याप्त मात्रामा कोरोना जाँच्ने किट नदिएकाले प्रदेशभरी नै अभाव भएको हो। यता, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत साता ५० हजार एन्टिजिन र भीटीएम खरीद गर्ने निर्णय गरे पानि प्रकृया पूरा नभएकाले किन्न सक्ने अवस्थामा छैन।

नारायणी अस्पतालमा पीसीआर प्रयोगशालाका लागि चाहिने भीटीएम र रिएजेन्ट किटलगायत अन्य केमिकलको अभाव भएको पनि बताइएको छ। केही दिनमा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रहेको केमिकल सकिने कर्मचारीहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell