PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'यहाँ त सपना पनि दुख्‍दो रहेछ'



पहिलोपोस्ट

'यहाँ त सपना पनि दुख्‍दो रहेछ'

काठमाडौं : निर्देशक ऋषि लामिछाने कोरोना संक्रमणका कारण उपचाररत् छन्। चार दिनयता उनी ग्रान्डी अस्पतालमा छन्। अस्पताल भित्रबाटै उनले आइसोलेसन अनुभव साटिरहेका छन्, सामाजिक सञ्जालमार्फत्।

फेसबुकमा उनले हाल आफ्नो आत्म दुखेकाले अस्पतालको नवौं तल्लाबाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको बताएका छन्।

लेखेका छन्, 'कोठाको ४ वटा भित्ताले घरिघरी पीडा दिइरहेछ्न्। असाध्यै असहज र पिडादायी। लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ। यहाँ त सपना, विपना र कल्पना पनि दुख्दो रहेछ। पुरा। शरीर दुख्दा पिडाले रोएको थिएँ। यहाँ त जीवन दुखेको छ।'

मृत्युभन्दा जीवन असहज लागेको बताइरहेका लामिछानेसँगै उनकी श्रीमती कलाकार सरिता लामिछाने र उनीहरूकी छोरीलाई पनि कोरोना संक्रमण पृष्टि भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell